बाँके प्रहरीले ४९ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका—०९ का ३८ वर्षीय चाँद अलि शेष र ऎ ऎ बस्ने वर्ष ३१को बब्लु शेष रहेको बाँके प्रहरीले जानकारी दिए । शेषलाई बाँकेका जिल्ला प्रहरीको टोलीले पक्राउ गरेको हो गोप्य सुचनाको आधारमा शेषले पुडिया बनाई राखेको पोका खानतलासी गर्दा ब्राउनसुगर फेला परेको बाँकेले जानकारी दिए छ ।