बाघको आक्रमणबाट एक महिलाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–९, पुरानागाँउमा शुक्रबार (मंसिर १२) राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ६६ वर्षीया गंगामाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोलाकुमार भट्टले जानकारी दिए ।

उनका अनुसार, महिलाको शव क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस