बाँकेमा  सोमबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन शुरू

(निल वैश्य)                                                             बाँकेमा  सोमबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन शुरू भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका-८ बाट स्थानीयलाई सो रोगविरुद्ध औषधि सेवन गराई आमऔषधि सेवन कार्यक्रमको शुरूआत भएको हो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आफूले पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जानकारी दिँदै औषधि ढुक्क भएर सेवन गर्न आग्रह गरे । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रूपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।