प्रहरी चौकी म्याङ्लुङ परिसरमा नव निर्मित कार्यालय तथा ब्यारेक भवनको समुद्‍घाटन

(नेपाल क्राईम)                                                         तेह्रथुमको म्याङ्लुङ नगरपालिका- २ स्थित प्रहरी चौकी म्याङ्लुङ परिसरमा नव निर्मित कार्यालय तथा ब्यारेक भवनको समुद्‍घाटन भएको छ ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा म्याङ्लुङ नगरपालिकाका उप-प्रमुख जमुना कार्की सुबेदी र तेह्रथुम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुको विशेष आतिथ्यतामा कार्यालय तथा व्यारेक भवनको आज समुद्‍घाटन भएको हो ।उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख अधिकारीले नागरिकमा प्रहरी सेवा उपलव्ध गराउदै आईरहेको प्रहरी चौकीले नव निर्मित भवन प्राप्त भए संगै प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ दुर्जनको लागि डर र सज्जनको लागि भर भई आम नागरिकहरुमा प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।भवन उद्‍घाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय बासी तथा संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।