(नेपाल क्राईम)
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक पक्रा परेका छन् ।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ल रहको प्रहरीले जनाएको छ ।उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो ।