१३ जना अधिकृतहरू एसएसपीका लागि दौडधुप

एसएसपीहरू डिआइजीका लागि सिफारिस भएसँगै १३ जना अधिकृतहरू एसएसपीका लागि दौडधुपमा रहेका छन् । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएसँगै रिक्त भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा आकांक्षीहरू दौडधुपमा रहेका हुन् ।प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेपनि प्रतिस्पर्धीका कारण केही ढिलाइ हुने देखिएको छ ।  २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरूबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए । जसकारण उनी यसअघिको बढुवामा छुटेका  छन ।   राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारबाही फूकुवा नभएका कारण उनको बढुवा सम्भावना निकै कमजोर रहेको छ । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरू एसएसपी भइसक्दा पनि एसपी नै छन् ।एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन्। त्यस्तै, २०५८ का टोलीहरू पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, दयानिधी ज्ञवाली, राकेश सिंह, राजीव बस्नेत, दिपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, रामप्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन् । कार्कीलाई अघिल्लो पटक नियोजित रुपमा छुटाइएको थियो भने थापा हनी ट्रयापको काण्डमा प्रहरी निरीक्षक विनु शाहीसँग मुछिएका छन् । पोखरेललाई शक्ति केन्द्रको आडमा घर पायक पूर्वी क्षेत्रमा बसेर राज्यशक्तिको दोहोन गरेको आरोप छ ।यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, बासुदेव खतिवडा, सुवासचन्द्र बोहरा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन् । तिवारी धनुषा बस्दा विवादित बनेका थिए भने दाङ र बारा बस्दा काफ्लेले अनाधिकृत रुपमा आर्थिक उपार्जन गरेको आरोप रहेको छ ।अधिकृत हुन् । उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका थिए । कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन् ।