चीनको दक्षिणी प्रान्त युनानमा भएको रेल दुर्घटनामा ११ रेलवे कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूकम्पसँग सम्बन्धित उपकरण परीक्षण गर्ने परीक्षण रेल उनीहरूसँग ठोक्किँदा दुर्घटना भएको हो ।कुनमिङ शहरको लुओयाङझेन रेलवे स्टेशनमा दुर्घटना भएको थियो, जहाँ रेलवे कामदारहरू ट्र्याकको मोडमा काम गरिरहेका थिए । त्यही ट्र्याकमा एउटा रेल आइपुग्यो र ठोक्कियो ।चीनको सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार, परीक्षण रेल नम्बर ५५५३७ ले भूकम्पीय उपकरणको परीक्षण गरिरहेको थियो । दुर्घटनापछि तुरुन्तै, रेलवे र स्थानीय अधिकारीहरूले आपतकालीन उद्धार कार्य सुरु गरेका थिए ।