पर्सामा २१३ किलो गाँजा बरामद

सशस्त्र प्रहरीले पर्सामा दुई सय १३ किलो गाँजा बरामद गरेको छ। विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बटसौरास्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले   परालको कुन्युभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो। २० वटा पोका बनाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो।