काठमाडौंको सुन्दरीजलमा खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।
आइतबार बिहान पौने ९ बजेतिर गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बोक्सी दह नजिकै ढुंगा कापमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
मृतक संखुवासभा खाँदबारी नगरपालिका-११ घर भई ललितपुर बस्ने २० वर्षीय अभिषेक राई हुन्।
उनी शनिबार सुन्दरी जलको निकुञ्ज नजिकै रहेको बागमती खोलामा पौडी खेल्न गएका थिए।