इलाका प्रहरी कार्यालय धनौलीले सेवामा आधुनिकीकरण गर्दै क्युआर कोड प्रणाली प्रयोगमा ल्याएको छ।
कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमै नि:शुल्क पीडितहरुको निवेदन लेख्ने गरिएको साथै प्रविधिको ज्ञान भएका सेवाग्राही लक्षित क्युआर कोडमै विभिन्न निवेदनका नमुनाहरु कार्यालयको गेटमै राखिएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।नागरिकका गुनासा, समस्यालाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न यो प्रविधि लागू गरिएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।