(नेपाल क्राईम)
अवैध ढंगबाट ल्याइएको गोरुलाई नाका कटाइदिएको आरोप लागेका हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज सहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाइ जिम्मेवारीबाट हटाएको हो । मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले तस्करीलाई सहयोग गरेको आरोप लागेपछी चौकि इन्चार्ज फुयाल सहित प्रहरी हवलदार विपिन र प्रहरी जवान केशर शाही छानबिनको लागि तत्काल जिम्मेवारीबाट हटाइएको छ।