तनहुँमा बस दुर्घटना हुँदा १२ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार म्याग्दे गाउँपालिका १ गुणादीस्थित थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ९३०१ नम्बरको ३० जना सवार बस दुर्घटना भएको हो ।

चालकले नियन्त्रण गुमाउँदा बस आफैँ सडकको बाँया छेउको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।