बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।संघीय मामिला तथा प्रशासन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतमा कार्यरत १५ जना सहसचिवको एकैसाथ सरुवा भएको हो ।