लुटिएका हतियार बुझाउन सेनाको अनुरोध

नेपाली सेनाले लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन अनुरोध गरेको छ।

मंगलबार भएको प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सेनाले अनुरोध गरेको हो।

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने भन्दै सेनाले बुझाउन अनुरोध गरेको हो।