मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरे

विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ ।

नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको हो ।अहिले कारागार क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।कैदीबन्दीका आफन्तसमेत कारागारको गेटअगाडि आएर होहल्ला गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।