२७ केजी गाँजासहित लालबन्दीमा एक युवक पक्राउ

सर्लाहीको लालबन्दीमा भारत तस्करी गर्न लागिएको २७ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, लालबन्दीले लालबन्दी८ बाट २० वर्षिय सन्ते ब्लोनलाई पक्राउ गरेको हो ।

इन्सपेक्टर वीरेन्द ्रसिंह जोहारी नेतृत्वको टोलीले पत्थरकोटबाट लालबन्दी जाँदै गरेको मोटरसाइकलमा तस्करी गर्न लागिएको गाँजा बरामद भएको हो। थप अनुसन्धान अघि बढाइएको इप्रका लालबन्दीले जनाएको छ।