(नेपाल क्राईम) नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। सहमति जुटेमा आजै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो।
स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्।