दैलेख खानेपानी कार्यालयले एक सुचना नै सार्वजनिक गरि उक्त रकम तिर्न पहिलाे चरणमा अनुराेध

दैलेख खानेपानी कार्यालयले एक सुचना नै सार्वजनिक गरि उक्त रकम तिर्न पहिलाे चरणमा अनुराेध गरेकाे देखिएको छ ।

खानेपानी प्रयाेग गरे वाफत नारायणनगर खानेपानी सहित दर्जन सरकारी कार्यालय उक्त खानेपानी आयाेजनाकै पदाधिकारी देखि ठुला व्यवसायी, र जनप्रतिनिधि समेतकाे नाम  बक्यौता नतिर्नेकाे सुचीमा उल्लेख छ ।

सुचनामा उल्लेख भए अनुसार दैलेख खानेपानीकै अध्यक्ष बलराम श्रेष्ठ, राजबहादुर बुढा,  सावित्री मल्ल,  पदम बुढा, डिलबहादुर शाही भक्तकिशोर  श्रेष्ठदेखि  व्यवसायी  र कर्मचारी छन । जसमा बिधालय, सहकारी र विभित्र संस्थाका नाममा समेत बक्यौता  देखिएको छ ।खानेपानीले यसअघि पटक/ पटक बक्यौता बुझाउन ताकेता गर्दा पनि ठुलाबडा भनिने व्यक्ति, संस्था र कार्यालयले अटेर गरेपछि अहिले बाध्य भएर नामावली सहिकाे सुचना सार्वजनिक गर्नुपरेकाे  कर्मचारी बताउँछन् ।

दैलेख उधाेग बाणिज्य संघले समेत लामाे समयदेखि बक्यौता तिरेका छैनन्  । जसले गर्दा खानेपानी आयाेजनाकाे करोड बढी रकम असुली हुन सकेकाे देखिदैन ।

 

असुलीका लागी सुचना जारी भएपछि बदनाम हुने भन्दै केही नेतादेखि कर्मचारीले उक्त सुचना सामाजिक सन्जालबाट हटाउन दबाब दिएकाे खुलेकाे छ ।(रास्स)