नेपाल प्रहरीका आईजीपी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षणमा

नेपाल प्रहरीका आईजीपी दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै शान्ति सुरक्षा बनाइ राख्न निर्देशन दिएका छन् ।

बिहीबार हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा आईजीपी थापाले निरीक्षण गरेका थिए । त्यस क्रममा बागमती प्रहरीका प्रमुख (डीआईजी) अरुण पौडेलले आईजीपी थापालाई स्वागत गरेका थिए ।

आईजीपी थापाले मातहत प्रहरी कार्यालयका प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधन गरेका छन् । उनले प्रहरी संगठनको नीति, नियम, मर्यादामा रहेर जनताको सेवालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।