(नेपाल क्राईम)
नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दैलेख घर भई ललितपुर बस्ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छन् ।
न्यौपानेले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानुन मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईँलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु र सो प्रयोजनको लागी राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भन्दै सात लाख ६० हजार ८०० रुपैयाँ लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।