कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित र स्मार्ट सहर बनाउने लक्ष्यसहित नगरपालिकाले साढे तीन सयभन्दा बढी सीसी क्यामेरा जडान गर्न लागेको छ। नगर क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले वृहत्त स्तरमा सीसी क्यामेरा जडान गरिन लागेको हो।
नगरपालिकाको अगुवाइमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा सीसी क्यामेरा जडान प्रक्रिया अघि बढाइएको हो। यसै सन्दर्भमा बिहीबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझौताअनुसार पहिलो चरणमा १०५ वटा र दोस्रो चरणमा थप २५० वटा गरी कुल ३५५ वटा क्यामेरा जडान गरिनेछ।