(नेपाल क्राईम)
वैशाख २० र २१ गते नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन हुने भएको छ । महाधिवेशनमा बाँकेका मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तहअनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठान गर्न सुझाव दिएका छन् ।
भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था गरेको छ, रोजगारीसमेत पाउने गरेका छन्”, उनले भने, “हाम्रो यहाँ न त रोजगारीको व्यवस्था छ न माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था छ यस विषयलाई चासो दिन जरुरी छ ।”
शिक्षा र स्वास्थ्यका सवालमा मुस्लिम समुदायको अवस्था कमजोर रहेकाले महाधिवेशनले विषय उठान गर्नुपर्नेमा मुस्लिम अगुवाहरूले जोड दिँदै आएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका इञ्चार्ज मोहम्मद हारुन हलवाईले बताए ।