रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ भुरुङ्गास्थित दमार खोलाको जंगलमा प्रहरीले बेवारिस अवस्थामा लुकाइ–छिपाइ राखिएको एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।अस्थायी प्रहरी चौकी धपेका प्रमुख प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलको कमान्डमा खटिएको चार जनाको टोलीले बुधबार बिहान करिब १० बजे गस्ती गर्ने क्रममा बन्दुक फेला पारेको हो ।