विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ ।
बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।(रास्स)