पेट्रोल–डिजेलको भाउ हेरफेर

नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।