वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

(नेपाल क्राईम)

दाङको घोराही उपमहानगरपालिका १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ । विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् ।

विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ । वडा अध्यक्ष घर्तीसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तीले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएका छन् । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पीडितको तर्फबाट घर्तीले प्रहरी कार्यालयमा जाहेरी दिएको बताए । जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेर दर्ता हुने उनले बताए ।