पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएको छ । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।