राजधानीको बुढानीलकण्ठमा आइतबार मध्यरातमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।गएकरिब १२:४७ बजे बुढानीलकण्ठ नगरपालिका–७, स्पेशलचोकस्थित सडक खण्डमा बा.प्र. ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्र.३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा दुबै सवारी चालकसहित स्कुटरमा सवार एक जना र मोटरसाइकलमा सवार दुई जना गरी पाँच जना गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।उपचारका क्रममा मोटरसाइकल चालक सिराहा, जमदहा–४ घर भएका २९ वर्षीय भोला थापाको राति २:१५ बजे मृत्यु भएको छ । त्यस्तै, स्कुटरमा सवार करिब ३५ वर्षीय एक पुरुषको समेत सोही समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।