करेन्ट लागेर एकको मृत्यु

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका-६ सिर्सिया बस्ने २८ वर्षीया रञ्जितादेवी कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।