कास्की प्रहरीले वर्षभरिमा ८ सय भन्दा बढी प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनका अनुसार अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो । पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय जना महिला छन् ।