नहरमा डुबेर एकको मृत्यु

कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । ​लम्कीचुहा नगरपालिका-६ बाकमारास्थित रानीजमरा सिँचाइ आयोजनाको नहरमा डुबेर सोही नगरपालिका-६ स्थित ससुराली घरमा बस्दै आएका दैलेखको आठबीस नगरपालिका-२ सिगौरी घर भएका २२ वर्षीय प्रेम रसाइलीको शनिबार दिउँसो मृत्यु भएको हो । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले  खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।