२ सय ४४ किलोग्राम गाँजासहित पक्राउ

(नेपाल क्राईम)

सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरबाट करिब २ सय ४४ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा।२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।