भीयतनामको उत्तरी क्षेत्रस्थित लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ बेमा पर्यटक बोकेको डुंगा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् ।दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ । डुंगा ‘वण्डर सिज’ नामक जलयात्रा जहाज थियो, जसमा ५३ जना सवार थिए ।घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । उद्धारकर्ताले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् ।