काभ्रेमा चट्याङ परेर एउटा सिंगै  रूखमा लाग्यो आगो

काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जलेको छ।

शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० आँपघारीको बाँसटौवास्थित भित्री सडक खण्डमा एउटा रूखमा चट्याङ पर्दा पूरै रूख जलेको हो।

रूखमा आगो बलेपछि जंगल तथा वरिपरिका वस्तीमा फैलन नपाओस् भनेर त्यसलाई निभाउन सशस्त्र प्रहरीको टोली खटिएको थियो।