उदयपुरमा २८ वर्षीय युवक र १४ वर्षीया बालिका मृत भेटिए

उदयपुरमा आज बिहान चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक बालिकाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईले अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव भेटिएको जानकारी दिए ।

मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको इन्स्पेक्टर राईले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।