फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि ३३ लाख ५० हजारको ९ रोपनी जग्गा दान

(नेपाल क्राईम)

फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि ३३ लाख ५० हजारको ९ रोपनी जग्गा दान गरेका छन् ।

फलेवास–५ खानीगाउँका बासिन्दाले चन्दा सङ्कलन गरी जग्गा किनेर नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका साथै स्वदेश तथा विदेशमा रहेकाहरुले समेत जग्गा खरिद गर्न सहयोग गरेका स्थानीय समाजसेवी भोलानाथ शर्मा लम्सालले जानकारी दिए ।प्रहरीको भवन निर्माण गर्न पाँच रोपनी तीन आना तथा वडा कार्यालय निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिएको उनले बताए ।