राप्ती राजमार्ग अन्तर्गत् सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा बुधवार बिहान करिब ४ः४० बजेतिर सडक माथिबाट खसेको पहिरोले सडक खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो।
राप्ती राजमार्ग स्तरवृद्धिका लागि प्रयोग भएको जेसिबीले अहिले पहिरो हटाउने काम गरिरहेको छ। इलाका प्रहरी कार्यालय कपुरकोटले अबको आधा घन्टाभित्र पहिरो हटाइ सडक सञ्चालन हुने जानकारी दिएको छ।