९ किलो गाजासहित ३ भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय, पर्साले ९ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले ९ किलो ३८० ग्राम लागुऔषध सहित भारतको बिहार बैशाली जिल्ला, बिदुपुर ग्राम बस्ने २२ वर्षाका राजकुमार, राजामाईकल बस्ने वर्ष २३ को विशालकुमार र भारतको छपरा जिल्ला, सोनपुर ग्राम वडा नं. ३ बस्ने वर्ष २४ का पिन्टुकुमारलाई पक्राउ गरेको पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकले बताएका छन् ।

विशेष सूचनाको आधारमा पर्साको पर्सागढी वडा नं. ९ बडेर्वा पम्पको नजिक सडकखणडमा प्रहरी चौकी मानवाबाट खटिएको टोलीले ३ जनालाई गाजासहित नियन्त्रणमा लिएको थियो ।