मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको  जानकारी दिए ।