विर्तामोडमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विर्तामोड नगरपालिका-५ की ५२ वर्षिय महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ ।कार्यालयका महामारी फोकल पर्सन युवनाथ बरालले विर्तामोडस्थित विर्तासिटी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनमा संक्रमण पुष्टि भएको बताए । महिला घरमै आइसोलेसनमा बसिरहेकी छिन् ।