चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा 

बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको सक्रियतामा शुक्रबार बिहान उक्त बाघलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।