नेपालले आज लाओससँग खेल्दैछ। नेपाल र लाओसबिचको खेल नेपाली समय अनुसार पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ ।घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताए। मंगलबार बेलुका भएको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरू सचेत रहेको बताए ।