संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।स्पेसल गार्ड युनिट अन्तर्गत श्री भगवतीप्रसाद गुल्म (शान्ति सेना) छैटौं डफ्फालाई बदली गर्नको लागि श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फाका ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा सोमबार मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११५ जना नेपाली शान्ति सैनिकहरू देश फिर्ता भएका छन्।