टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस

सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस गरीएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो । टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ ।