अतिरिक्त महानिरीक्षक पदमा गणेशबहादुर ठाडा मगर सिफारिस

सशस्त्र प्रहरी बलको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा गणेशबहादुर ठाडा मगर सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूले सात दिनभित्र उजुरी गर्न सक्नेछन्।

सशस्त्र प्रहरीको एआइजी पद रिक्त भएको लामो समय बित्दा पनि बढुवा समितिको बैठक बस्न सकेको थिएन। बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष र सशस्त्रका आइजिपी सदस्य सचिव रहन्छन्।

उनको अवकाशपछि एआइजीको पद रिक्त थियो। समितिले वैशाख १४ गते दाबेदारीका लागि आवेदन दिन एक हप्ताको सूचना प्रकाशन गरेको थियो।

त्यसमा डिआइजीहरू कमल गिरी, गणेशबहादुर ठाडा मगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले बढुवाका लागि आवेदन दिएका थिए।

गिरी, ठाडा मगर, सुवेदी र नेम्वाङ २०५६ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सेवा प्रवेश गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका डिआइजीहरू हुन्।