आजको मौसम

देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । राति दार्चुलादेखि अछाम, जुम्ला, डोटी, बाजुरालगायत झापा, मोरङ, उदयपुरसम्म हल्कादेखि मध्यम वर्षा भएको हो । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान र लुम्बिनीको पहाडी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।