मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

सर्लाहीमा नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा चालक ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो ।