(नेपाल क्राईम)
आइजिपी वसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् ।
सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् ।
महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको उद्घाटन गरे ।
प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको बताइएको छ ।
भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुवरले प्रहरी सङ्गठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए ।