बुटवलमा एक महिलासहित तीनजनाको हत्या

बुटवलमा एक महिलासहित तीनजनाको हत्या भएको छ । बुटवलको होराइजन दुई बालिकासहित तीन जनाको वीभत्स हत्या भएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजन चोकस्थित मिलिजुली पथमा अन्दाजी ३४ वर्षीय दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो ।महिला र बालिकाहरूको हत्या गर्ने सुजन कोइराला रहेको र उनले आफ्नै दाजुको हत्या गरी जेल बसेर केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको थिए ।हत्या गर्ने सुजन र मृतक दीपा पूर्वपतिपत्नी रहेको प्रहरीले जनाएको छ ।