(नेपाल क्राईम)
सशस्त्र प्रहरी बलकी एक महिला इन्सपेक्टर मृत अवस्थामा भेटिएकी छन् ।
पोखरामा तालिमरत महिला इन्सपेक्टर सन्तोषी महत झुण्डिएको अवस्थामा मृत्त भेटिएकी हुन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् ।
इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।